काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

विराटनगर। पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सांसद चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ।

आङ्बो चढ्दै आएको कोशी प्रदेश सभाको को१झ ६५० नम्बरको स्कोरपिओ गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बिहीबार बाटो क्रस गर्दै गरेको को९प ७९ नम्बरको मोटरसाइकलाई ग्रामथान–५ ककडमाडीमा ठक्कर दिएको थियो।

तीव्र गतिमा रहेको गाडीको ठक्करबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको चुँडालले बताइन्।

आङ्बो उक्त पार्टीको कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन्। आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री हुन्।

दुर्घटना भएका बेला भने उनी गाडीमा थिएनन्। गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।