२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। बिहार विधानसभा चुनावको शनिबार आएको नतिजापछि आरजेडी नेता तथा लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले राजनीति छोड्ने घोषणा गरेकी छन्।

“म राजनीति छोड्दै छु र मेरो परिवारसँग सम्बन्ध तोड्दै छु‚” इन्स्टाग्राममा उनले लेखेकी छन्‚ “सञ्जय यादव र रमिजले मलाई यो गर्न भने, र म सबै दोष आफैंमा लिइरहेको छु।”

रोहिणी आचार्यले गत वर्ष शारण लोकसभा सिटमा चुनाव लडेकी थिइन्, तर भाजपा उम्मेदवार राजीवप्रताप रुडीसँग हारेकी थिइन्।

रोहिणी आचार्यको आरोपमा आरजेडी वा सञ्जय यादवबाट कुनै प्रतिक्रिया आएको छैन।