धनुषा। धनुषाको सबैला नगरपालिका ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रम अहिले संरक्षणको पर्खाइमा छ। करिब १० बिघामा रहेको यहाँ २०६५, २०७२ र २०८१ सालमा एक हजार आठ मण्डप बनाएर विष्णु महायज्ञ भएको थियो। मण्डप निर्माणमा करिब ९४ लाख इँटा प्रयोग भएको यहाँका विद्यार्थी बाबाको भनाइ छ। संरक्षण अभावमा अहिले आश्रम खण्डहर बनेको छ।
हेर्नुहोस् थप तस्बिर :

धनुषाको सबैला ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रमको एरियल भ्यू।

धनुषाको सबैला ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रमको मुख्यद्वारमा रहेको पोखरीको बीच भागमा अवस्थित महादेवको मन्दिर।

धनुषाको सबैला ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रमस्थित बनाइएको मण्डपमा रहेका मूर्ति।

धनुषाको सबैला नगरपालिका ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रमस्थित घाँसले खण्डहर बन्दै गएको १००८ भगवान्का लागि बनाइएको मण्डप।

धनुषाको सबैला ११‚ इनर्वास्थित विद्यार्थी बाबा आश्रमको मुख्यद्वार।