काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: समय शुभ रहेको छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । राम्रो धन आर्जन गर्न सकिने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

बृष: समय सामान्य छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धी सँग सतर्क रहनु राम्रो हुन्छ । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ ।

मिथुन: समय शुभ छ । हिम्मतले काम बनाउन सकिने छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

कर्कट: सामान्य रहनेछ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ ।

सिंह: समय शुभ छ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

कन्या: समय सामान्य छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ ।

तुला: आज समय सामान्य छ । अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस । व्यावसायिक काममा खर्च बढ्नेछ ।

वृश्चिक: कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । गोपनीयता भङ्ग हुने खतरा छ ।

धनु: समय सामान्य छ । घरायसी समस्यामा तल्लीन हुनुपर्ने भएकाले मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउने सम्भावना हुन्छ । पति÷पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ । विविध चुनौती र तनाव आइलाग्न सक्छन । बाध्यताले मन खिन्न तुल्याउनेछ ।

मकर: समय सामान्य छ । प्रयत्न गर्दा पनि कामबाट फाइदा उठाउन सकिंदैन । यात्रामा झन्झट र झमेला आइलाग्न सक्छन । सामान हराउने वा चोरी हुने डर हुन्छ । शत्रुको चलखेल बढ्ने छ । रोगव्याधिको प्रकोप सुरु हुनसक्छ । आहारविहारप्रति सचेतता अपनाउनु पर्छ । व्यापारमा सामान्य फाइदाको योग छ ।

कुम्भ: स्वास्थ्य भरपर्दो नरहला । कुनै समाचारले मन बिथाल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

मीन: सामान्य रहनेछ । कुनै समाचारले मन बिथाल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।