काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झन्डा प्रस्ताव गरेको छ जसको चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव छ।

३० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल नाम राखेर निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

झापाका माधवप्रसाद खतिवडा (माधव कल्पित) को अध्यक्षतामा आइतबार २७ सदस्यीय केन्द्रीय समितिसहित दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरिएको हो।

सभापति खतिवडाका अनुसार सबै प्रक्रिया पूरा गरी आइतबार नै दल दर्ताका लागि सनाखत गर्न पार्टीका सदस्यहरु आयोग पुगेका थिए। नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ।

प्रस्तावित दलको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई (काठमाडौँ) र देवीप्रसाद सङ्ग्रौला छन्। महामन्त्री प्रेमकुमार थाम्सुहाङ (झापा), सहमहामन्त्री विष्णु बोहोरा क्षेत्री (नवलपरासी पूर्व), कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल (मोरङ) र पार्टी प्रवक्तामा प्रेम थापामगर (पाल्पा) को नाम छ। सभापति खतिवडा पनि प्रसाईंकै गृहजिल्ला झापाका हुन्।

निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। आयोगले ९ गतेसम्ममा दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ।

सभापति – माधवप्रसाद खतिवडा
उपसभापति – ईश्वरीप्रसाद भट्टराई
उपसभापति – देवीप्रसाद संग्रौला
महामन्त्री – प्रेमकुमार थाम्सुहाङ
सह-महामन्त्री – विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष – सुष्मा रेग्मी रिजाल
प्रवक्ता – प्रेम थापामागर

सदस्यहरू
रामकुमार कार्की
प्रविन लामा
शक्तिराज शाही
दिवाकरमानसिंह बस्नेत
लुजा राई
रेनुकादेवी खरेल
तुलसाकुमारी खत्री
राजेन्द्रबहादुर दमाईं
विजय थापा
तेजेन्द्र रायमाझी
हरदेव महतो
बलबहादुर तामाङ
नवराज दुलाल
दानुमाया थापा
रेणु हमाल शाही
दिनेश पाख्रिन
राजु श्रेष्ठ
पुष्पराज भण्डारी
सुरेन्द्रकुमार कार्की
कमला माया क्षेत्री

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईंको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको तयारी पनि अगाडि बढाएको हो।

पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झन्डा प्रस्ताव गरेको छ। चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव गरेको छ।