काठमाडौं। काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ। उपत्यकाको तापक्रम घड्दो क्रममा छ।
दिनको समयमा पारिलो घाम लाग्ने भएपनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भई सकेको छ।
तापक्रम घटेसंगै काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ, नदीको सतह क्षेत्रमा लाग्ने यस्ता लाग्ने यस्ता कुहिरो सूर्योदयसँगै बिस्तारै हराउने गर्दा छ।
कुहरो लागेको समयमा मानिसहरू मर्निड्ं वाक गर्ने, किसानहरु तरकारी बारीमा काम गर्दै गरेका भेटिन्छन्।