३० कार्तिक २०८२
अर्जुन कार्की। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार कार्कीलाई पक्राउ गरेको हो। दोलखा जिरी नगरपालिका ६ घर भएका कार्की ट्रस्टको कार्यालयमा सचिव थिए।

ट्रस्टको जग्गा लिजमा दिँदा ठगी तथा आपराधिक लाभ लिएको आरोप उनीमाथि छ। यसअघि प्रहरीले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई २१ कात्तिकमा पक्राउ गरेको थियो।

दरबारमार्गस्थित ट्रस्टको जग्गा नेपाल ट्रस्ट र श्यामशेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने सम्झौता हुँदा अनियमिता गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको थियो।