काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

प्रधानमन्त्रीसँग आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशकको भेट

१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन्।

सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दुईपक्षीय भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका अवसरमा प्रधानमन्त्रीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष तयार रहेको पनि जानकारी दिए।