काठमाडौं। अमेरिकी बलर मिलिन्दा कुमारको सानदार बलिङसँगै काठमान्डू गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १३० रनमा रोकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो। योसँगै काठमान्डूले १३१ रनको सामान्य लक्ष्य पाएको छ।
ओपनर आसिफ सेखले सर्वाधिक ५४ रन बनाए। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।
उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो। तर मयन यादवले ३४ रनको इनिङ्स खेल्दै जनकपुरलाई उकासे।
काठमान्डूका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।