१ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका २‚ अगैयामा यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे.१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क.प्र. ११४५ नम्बरको यात्रुवाहक बससँग सोमबार अगैया बजारमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका ६‚ बुद्धटोलका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बसको ठक्करबाट सिकिस्त घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।