काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

१ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट फरार दुई कैदी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज (सोमबार) जिउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुनको भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौँका ३३ वर्षीय मङ्गल महर्जनलाई पक्राउ गरेको हो।

लामालाई ललितपुर महानगरपालिका ३‚ धोबीघाट र महर्जनलाई काठमाडौँ महानगरपालिका १७‚ धोबीचौरबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

लामा जगन्नाथदेवल (महिला बन्दीगृह)बाट फरार भएकी थिइन्। २२ वर्ष कैद सजाय फैसला भएकी उनी १९ मंसिर २०७६ कारागार चलान भएकी थिइन्।

एक वर्ष कैद र एक करोड आठ लाख ३९ हजार सात सय ४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भएका महर्जन गत चैतदेखि कैद भुक्तान गरिरहेको थिए। दुवै कैदी कारागार कार्यालय जगन्नाथदेवल चलान भएका छन्।