काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विशाल जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो। विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनायो।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। ३१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। ओपनर एडम रोसिङ्टनले २१ बलमा ५ चौका र २ छक्कासहित ३९ रन बनाए। यी दुईबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

विराटनगरका प्रतिश जीसी, मर्चेन्ट डे लाङ्गे, शुभम् रञ्जिते र सन्दीप लामिछानेले समान २-२ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो। यो एनपीएलको इतिहासमै कुनै टोलीले दिएको सर्वाधिक ठूलो स्कोर हो।

विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ७२ रन बनाए। ४८ बल खेलेका उनले १ चौकासहित ७ छक्का प्रहार गरे। मार्टिन गप्टिलसँग उनले शतकीय साझेदारी गरे। मार्टिनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए।

शुभम् रञ्जनेले ३८, बसीर अहमदले २३ रन बनाउँदा नरायण जोशी ११ रनमा अविजित रहे। यी सबैले छक्का प्रहार गरे।

पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट लिए। आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १-१ विकेट लिए।