काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

एनपीएल

२ मंसिर २०८२
एनपीएलमा कर्णाली याक्स र चितवन राइनोजबीचको भिडन्त। तस्बिर : बिक्रम राई
अ+
अ-

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स भिडे। रवि बोपाराको अलराउन्ड प्रदर्शनसँगै चितवनले कर्णालीविरुद्ध ४ विकेटको रोमाञ्चक जित हात पार्‍यो।

कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छँदै भेट्टायो। योसँगै चितवनले अंक तालिकामा २ अंक जोडेको छ।

खेलमा चितवनका रविले ५२ रनको अर्धशतकीय पारी खेल्दै जारी प्रतियोगिताको तेस्रो अर्धशतक बनाए। यसअघि जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख र कर्णालीका प्रियांक पाञ्चालले अर्धशतक प्रहार गरेका थिए।

एनपीएलको ‘गैँडा’ र ‘याक’को भिडन्त हेर्नुहोस् तस्बिरमा :