काठमाडौँ। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो।
७ मंसिरदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो।
प्रसाईं पटकपटक पक्राउ परिसकेका व्यक्ति हुन्। साथै उनी विद्युतीय कारोबार ऐनअनुसार पनि पटकपटक पक्राउ परेका थिए।
यसअघि १५ चैत २०८१ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्नेलगायत माग राख्दै आन्दोलनको तयारीमा थिए।