ब्रसेल्स। युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएकी छन्।
ब्रसेल्सस्थित युरोपेली आयोगको मुख्यालयमा प्यालेस्टिनी प्रतिनिधिमण्डलबीच प्रस्तुत टिप्पणीमा कल्लासले धम्की अभियान, शारीरिक तथा मौखिक आक्रमण, सम्पत्ति र घरहरू नष्ट भएको विषयमा छलफल भइरहेको तथा यस्ता अभ्यासहरू ईयूलाई अस्वीकार्य भएको बताइन्।
युरोपियन युनियनले सहायता कार्यक्रम, विकास परियोजनाहरू र दुई-राज्यबीचको युद्ध समाधानका लागि प्यालेस्टिनी प्राधिकरणको भूमिकालाई सुदृढ पार्न प्यालेस्टिनी जनताको बलियो समर्थक रहेको कुरामा कलासको जोड छ। उनले यसका लागि युरोपेली संघ र प्यालेस्टिनी प्राधिकरणबीचको साझेदारीलाई अझै सुदृढ पार्नेुपर्ने बताइन्।
उनले ईयूले इजरायललाई कब्जा गर्ने शक्तिका रूपमा तत्काल, निर्णायक कदम चाल्न तथा निरन्तरको निर्दोष नागरिक माथिको हिंसात्मक अपराधप्रति जवाफदेही बनाउन अघि बढ्नेसमेत उल्लेख गरिन्।