काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १५.७० अङ्कले बढेर २‚५६६.०७ विन्दुमा रोकिएको छ।

आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ५५ हजार २७७ पटक किनबेच हुँदा चार अर्ब १० करोड ५४ लाख ६ हजार १३४ रपैयाँबराबरको कारोबार भएको छ। आजको कारोबारमा सबै समूहको सूचक हरियाली बनेको छ।

सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुंगल हाइड्रो लिमिटेड र झापा इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको सेयर मूल्य ३.५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको २२ करोड ९१ लाख ६६ हजार ९१६ रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता सेयर किनबेच भएको छ।