काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

२ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पर्सा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा घुस मागेको आरोपमा एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका ३‚ अन्तर्गत आदर्शनगर पानी ट्याङ्कीसँग सम्बन्धित कार्यालयका सहायक कर्मचारी अरुणप्रसाद उपाध्यायलाई सोमबार अख्तियारले नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले आर्थिक लेनदेनका प्रमाणसहित उपाध्यायलाई पर्सा १३ स्थित ट्याङ्की कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।

जग्गा दर्ता प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख मागेको उजुरी आयोगमा परेको थियो।

उजुरीका आधारमा गरिएको अनुसन्धानमा उपाध्यायले निरीक्षक राम प्रभोद र कार्यालयका अन्य केही सहकर्मीमार्फत सेवाग्राहीसँग सोही रकम घुस मागेको पुष्टि भएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।