काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल दोस्रो लेगमा पनि मलेसियासँग पराजित भएको छ।

मंगलबार सम्पन्न खेलमा नेपालले १-० हार बेहोरेको हो। पहिलो लेगमा पनि नेपालले २-० को नतिजा सुम्पिएको थियो। पहिलो हाफभरि मलेसियालाई रोक्न सफल नेपाली टोली दोस्रो हाफमा भने दबाब झेल्न बाध्य भयो।

५६औं मिनेटमा फैसल हलिमले गरेको गोल निर्णायक बन्यो। अर्कोतर्फ भने लाकेन लिम्बूले रातो कार्ड पाए। यस जितसँगै मलेसिया २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कपमा छनोटनजिक पुगेको छ। मलेसियाले ५ खेलबाट १५ अंक पुर्‍याएको छ। दुई खेल कम खेलेको भियतनामको भने ९ अंक छ।

पाँचौं हार बेहोर्दै अंकविहीन बनेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।