काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२ मंसिर २०८२
अ+
अ-

महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार साँझ एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ।

जलेश्वर नगरपालिका ९ आगेपुर निवासी करिब ६० वर्षीय बेचन राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

राइनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा धनुषा जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भट्टले बताए ।

लागुऔषध सेवन गरी अचेत अवस्थामा रहेका मण्डललाई सोमबार साँझ नै पक्राउ गरीएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।