झापा। जेन-जी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयमा आक्रमण गर्ने २९ जना पक्राउ परेका छन्।
बिर्तामोडमा १६ र दमकमा १३ जना पक्राउ परेका हुन्। पछिल्लोपटक जेन-जी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बिर्तामोड ८ गरामनी बस्ने वर्ष ३६का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष १९ का सेशेहाङ इङ्नाम लिम्बू छन्। हिजो (मंगलबार) अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले दुवैलाई आ-आफ्नो घरबाट नियन्त्रणमा लिएको हो। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
त्यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडले १४ जनालाई पक्राउ गरेको थियो। बाह्रदशी गाउँपालिका ५ का ३९ वर्षीय भुवन ओली, बिर्तामोड ६ का २४ वर्षीय अनिश मण्डल, बिर्तामोड ५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २० वर्षीय राजन चौधरी, १६ वर्षीय आयुष धिमाल, बिर्तामोड १ का ४२ वर्षीय गोपाल संग्रौला, शिवसताक्षी १० का ३१ वर्षीय सञ्जय बस्नेत, सोही ठाउँका २५ वर्षीय कुल तिम्सिना, बिर्तामोड ५ की २४ वर्षीया पुजा मगर, अर्जुनधारा ७ का २८ वर्षीय सुरज राई, सुनसरी हरिनगर १ का २२ वर्षीय साहिद हुसैन अन्सारी, बिर्तामोड २ का २२ वर्षीय विकास टुडू र सोही ठाउँका २९ वर्षीय भोला मियाँ भन्ने छतिस यादवलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो।
यो पनि…
जेन-जी आन्दोलनमा लुटिएका हतियार पाँचथरको ओडारबाट बरामद, एक युवक पक्राउ
उनीहरुमाथि अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र हतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकले १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १७ वर्षका तीनजना नाबालक छन्। त्यस्तै पक्राउ पर्ने अन्यमा इलाम चुलाचुली ३‚ पेल्टीमारी बस्ने १९ वर्षीय सुजल राई, दमक नगरपालिका ७ श्रीपाली टोल बस्ने १९ वर्षीय गणेश शर्मा, दमक नगरपालिका ३ बस्ने २२ वर्षीय केदार बस्नेत, पाँचथर मिक्लाजुङ वडा ५ स्थायी ठेगाना भई हाल दमक नगरपालिका १ बस्ने २१ वर्षीय साजन लुहागुन, दमक नगरपालिका ९ बस्ने २६ वर्षीय अरुण रोक्का, इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी, दमक नगरपालिका १ बस्ने ३४ वर्षीय दिपचन महतो, दमक नगरपालिका ६ बस्ने २४ वर्षीय लोमस कटुवाल, दमक बस्ने २० वर्षीय गौरव भुजेल र पाँचथर बस्ने २२ वर्षीय सुशील फियाक छन्।