काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँँमा आज स्पोर्टस् पार्कको शिलान्यास गरिएको छ। व्यक्ति तथा संस्थाको प्रयोग भइरहेको महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।

पार्कको शिलान्यास गर्दै वडा १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सीले, पार्क निर्माण कार्य पूर्वाधार मात्र नभइ सामाजिक क्रियाकलाप वढाउने माध्यम पनि भएको उल्लेख गरेका छन् ।

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर छ। उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले कार्यान्वयन गरेको यस कामका लागि बोलपत्र आव्हानबाट १२ वटा कम्पनीले आवेदन दिएका थिए। यसमध्ये हान्स-चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ। पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपियाँ थियो। कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ लाख रुपियाँ हो।

निर्माण पक्षलाई कार्तिक १८ गते कार्यादेश दिइएको छ। निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहेको छ। पार्कभित्र खुला व्यायामशाला हुनेछ। १२८ वर्गमिटर क्षेत्रफलको व्याटमिन्टन कोर्ट हुनेछ । ९२८ दशमलव ५३ वर्गमिटरको फुटसल मैदान हुनेछ।