काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका ३‚ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका ५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

उक्त दुर्घटनामा परी पाँचजना सख्त घाइते भएका छन् । धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको जिप सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । से.१च ६५१ नम्बरको गाडीमा यात्रारत ११ मध्ये पाँचजना सकुशल रहेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए।

अन्य घाइते हुनेमा चितवन इच्छाकामना गाउँपालिका २ की २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँका २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ र कालिका नगरपालिका ८ की ३४ वर्षीया सरस्वती गुरुङ घाइते भएका छन् । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।