प्रदेश सभा बैठकमा प्रस्ताव पारित भएपछि सभामुख मण्डल स्वतः पदमुक्त भएको उपसभामुख ईशरको घोषणा
जनकपुर। मधेस प्रदेश सभाको सभामुख रामचन्द्र मण्डलले पदीयअनुकूलको आचरण नगरेको भन्दै सात राजनीतिक दलले दर्ता गराएको प्रस्ताव पारित भएको छ। प्रस्ताव पारित भएसँगै सभामुख मण्डल पदमुक्त भए।
प्रस्तावको पक्षमा ७६ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो। आजको बैठकमा ७८ जना प्रदेश सभा सदस्य उपस्थित थिए। दुईतिहाइभन्दा बढी मत परेको र पारित भएको उपभामुख बबिता राउत ईशरले घोषणा गरिन्।
प्रस्ताव पारित भएपछि सभामुख मण्डल स्वतः पदमुक्त भएको उपसभामुखले घोषणा गरिन्। नेकपा एमालेसहित सत्ताधारी दलहरु बैठकमा उपस्थित भएनन्। बैठकको प्रारम्भमा एमालेकी प्रदेश सभा सदस्य शारदा थापा उपस्थित भएर बैठक सञ्चालन भएपछि सरकार पक्षविना बैठक सञ्चालन भएको भन्दै नियमापति जनाएकी थिइन।
त्यसपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो। फेरि बैठक सुरु भएपछि थापा उठेर हिँडिन्। प्रस्तावको पक्षमा सात दलले समर्थन जनाएका थिए। प्रस्तावको समर्थन गर्ने अधिकांश प्रदेश सभा सदस्यले सभामुखको चर्को आलोचना गरेका थिए।
सभामुखले पदीय आचरण नगरको भन्दै, नेपाली कांगेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रस्ताव दर्ता गराएका थिए। आजको बैठकमा जनमत पार्टीबाट विभाजित भएर बनेको जनस्वराज पार्टीमा सनाखत गरेका मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह,पूर्वमन्त्री त्रिभुवन साहसमेत सहभागी थिए।
सर्वोच्च अदालतले पार्टी विभाजनलाई मान्यता नदिएपछि पहिलोपटक उनी जनमत पार्टी बस्ने लहरमा गएर बसेका थिए।