काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

३ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका ७ की २४ वर्षीया रेविकासिंह ठकुरी छन्। ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको छ।

एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई स्पोन्सर गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी सट्टेबाजी गराउन खोज्ने उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो।

उनीहरुलाई आज (बुधबार) सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।