काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित हासिल गरेको छ। सुदूरपश्चिमले आज (बुधबार) भएको खेलमा काठमान्डू गोर्खाजलाई २९ रनले पराजित गरेको हो।

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमान्डू १६.५ ओभरमा ११८ रनमा अलआउट भयो। काठमान्डूका आकाश त्रिपाठीले सर्वाधिक ३४, जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्। सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २/२ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए। उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धशतक बनाए।

त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए।

बलिङतर्फ काठमान्डूका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई/दुई विकेट लिए। जितसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ।