जनकपुरधाम। त्रेता युगमा भगवान राम सीताको विवाहको सम्झानामा जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको उल्लास सुरु भएको छ।
सात दिने विवाह पञ्चमी महोत्सव विहिवार देखि सुरु हुदैछ त्यस अगाडि समेत जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको उल्लास सुरु भएको छ।
जानकी मन्दिरमा रहेक साँझ मंगलगान सुरु हुने गरेको छ। साँझ राम सीताको झांकी राखेर विवाहको गितहरुमा श्रद्धालुहरु रमाउने गरेका छन।
विवाह पञ्चमी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ। जानकी मन्दिरमा आयोजना गरिने विभिन्न कार्यक्रमको लागि भव्य पण्डालको निर्माण गरिएको छ भने जानकी मन्दिरलाई रंगिचंगी बिजुली बत्तिले सजाउने कार्यहरु भइरहेका छन।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले विवाह पंचमी महोत्सवलाई सजाउनको लागि आवश्यक तयारीहरु भइरहेका जानकारी दिए।
उनले विवाह पञ्चमी महोत्सवको लागि आयोजना गरिने विभिन्न कार्यक्रमहरुको लागि पण्डलको निर्माण गरिने र त्यहा राम कथा र राम लिलाको आयोजना गरिने जानकारी दिए।
उनले भने–‘विगतमा विवाह पञ्चमी महोत्सवमा प्रदेश सरकारले र स्थानिय सरकारले सहयोग गर्दै आएपनि अहिले सम्म उनिहरुको सक्रियता देखिएको छैन,मन्दिरले नै आफनो क्षमताले महोत्सव मनाउने तयारी छन।’
सीताराम विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रुपमा मनाउने गरिन्छ। साता भरि महोत्सव अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ। विहिवार नगर दर्शन,शुक्रवार राम सीता फुलवारी लिला,शनिवार धनुषयज्ञ, आइतवार राम सीता तिलोत्सव,सोमवार जानकी मटकोर, मंगलवार विवाह पंचमी र बुधवार आएका जन्तीहरुको विदाई गरि महोत्सव सकिने छ।