बारा। बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत आज (बुधबार) सिमरा जान लागेका थिए। एमाले नेता पोखरेल र बस्नेत बिहान ११ बजे सिमरा उत्रिने कार्यक्रम थियो।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
प्रदर्शनमा उत्रिएका जेन-जी समूहले सडकमा टायर बालेका छन्। प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटोअगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन्। प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ। सडकमा प्रदर्शन भने जारी छ।
हेर्नुहोस् थप तस्बिर :
