काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ८०० रुपैयाँले बढेर  २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।