काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी ओलीले निष्पक्ष एवं चुस्तदुरुस्त ढंगबाट सेवा प्रवाह गर्न स्थनीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
पार्टीसम्बद्ध स्थानीय विकास विभागद्वारा आज (बुधबार) च्यासलमा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रियामा उनले निष्पक्ष भई मितव्ययी एवं पारदर्शी ढंगबाट छिटो सेवाप्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गरे।
शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने जिकिर गरे। अन्तरक्रियामा काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूमा एमाले तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरूको सहभागिता छ।
