काठमाडौँ। काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका १६‚ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज (बिहीबार) बागमती प्रदेश ०२-०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१प ६७९ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा सख्त घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।