काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
पृथ्वीराजमार्ग अन्तर्गत पश्चिम खण्डमा पर्ने तनहुँको खैरेनीटार बजार क्षेत्रमा कालोपत्र पश्चात लोडरले सडक सम्याइँदै।तस्बिर : सानेबहादुर नेपाली/रासस
अ+
अ-

दमौली। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन्। तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय मजदुर खटिएका हुन्।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका छन्।

पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे। उनका अनुसार ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९.६१ किमी खण्डमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए। उक्त पुलमा ४७.५२ प्रतिशत भौतिक र ४७.९ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ। उनले हाल सबै चारवटा पाइलक्याप, एक सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए।

पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किमी कालोपत्र सम्पन्न भएको छ। यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन्।

कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउटा बाँकी छ भने ५१.५ किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किमी सम्पन्न भएको छ। विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ।न