काठमाडौँ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियुले नयाँ बानेश्वरमा मसाल जुलुस आयोजना गरेको छ।
वर्तमान अन्तरिम सरकारको विरोध गर्दै मसाल जुलुस निकालिएको हो। नेकपा एमालेका नेता कार्यकर्तामाथि योजनाबद्ध रूप सरकारले प्रतिबन्ध लगाएको, पूर्वघोषित कार्यक्रमकेन्द्रित नेताहरुलाई सहभागी हुन विभिन्न षड्यन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्वियुका केन्द्रीय अध्यक्ष दीपक धामीले जानकारी दिए।
वर्तमान सरकार असंवैधानिक भएको र यो सरकारले विभिन्न संवैधानिक नियकमा हस्तक्षेप गरेर अराजक मचाएको उनको भनाइ छ।
संविधानले कल्पना गरेको दलीय व्यवस्थामाथि नै प्रहार भएको र यस्ता गतिविधि सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका कार्यक्रम अझ सशक्त रुपमा अघि बढाउने चेतावनी अनेरास्वियुले दिएको छ।
हेर्नुहोस् थप तस्बिर :
