जनकपुरधाम। मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन आठ खर्ब चार अर्ब बराबर पुग्ने अनुमान गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन आधारभुत मुल्यमा ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ।
प्रदेशले चालु आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबै भन्दा बढि योगदान कृषि ,वन तथा मत्स्य पालन क्षेत्रको ३६.७० प्रतिशत रहेकोमा सबै भन्दा कम योगदान खानी तथा क्षेत्रको ०.१५ रहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशको प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन यु.एसडलर ९३२ हुने अनुमान रहेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशमा तरकारी तथा बागवानी ओगेटको क्षेत्रफलमा १०.२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा १.४९ प्रतिशत र फलफूल तथा मसाला बाली ओगटेको क्षेत्रफलमा २५.२० र ७.९४ प्रतिशतले कमि आएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा खाद्य तथा अन्य बालीको उत्पादनमा १४.०१ प्रतिशतले वृद्धि भएको छ। सरकार तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत वृद्धि भएको भने ९.०७ प्रतिशत र मसाला उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा पशुजन्य उत्पादन तर्फ दूधको उत्पादनमा ३.१६ प्रतिशत,अण्डको उत्पादन ९.६४ प्रतिशत माछाको उत्पादन ५.९५ प्रतिशत वृद्धि भएको छ भने मासुको उत्पादनमा ०.९० प्रतिशतले कमि आएको छ।
वनजन्य उत्पादन अन्र्तगत काठको उत्पादन २२.५६ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादन १८.१२ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमा रहेको बैंक तथा वित्तिय संस्थाबाट कृषि,माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ।जुन मधेस प्रदेशमा प्रवाहित कुल कर्जाको १२.७० प्रतिशत हुन आउछ।
आर्थिक वर्ष २०८१/०८२ मा अध्ययनका लागि नमुना छनौटमा समेटिएका प्रमुख उद्योगहरुको उत्पादनमा क्षमता उपयोग औसतमा ४६.४७ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा बैंक तथा वितयि संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ५.११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १ खर्ब २१ अर्ब ८७ करोड रहेको थियो।
मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये गैर खाद्यवस्तु उत्पादन उद्योग तर्फ ५१.७६ प्रतिशत , कृषि वन तथा पेय पदार्थ उत्पादन उद्योग तर्फ ३७.३९ प्रतिशत धातुको उत्पादन मेशिनरी तथा ईलेक्टोनिक्स एवं धातुको सानमाको उत्पादन तर्फ ४.१३ प्रतिशत, निर्माण उद्योग तर्फ ५.२६ प्रतिशत, खानी उद्योग तर्फ ०.८९ प्रतिशत र विद्युत ग्याँस तथा पानी उद्योग तर्फ ०.५८ कर्जा प्रवाह भएको छ।
आर्थिक वर्ष २०८१।०८२ मा मधेस प्रदेशको नुमना छनौटमा परेको होटलमा कार्यरत कर्मचारीहरुको संख्यामा २०.४२ प्रतिशतले कमी आएको छ भने पर्यटकको आगमनमा १८.२५ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१.०८२ मा घर जग्गा रजिष्ट्रेशन संख्या ३४.१७ प्रतिशतले वृद्धि भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजश्व १९.२९ प्रतिशतले कमी भएको छ।
समीक्षा अवधिमा यस प्रदेशम बैंक तथा वित्तिय संस्थाहरुले संकलन गरेको कुल निक्षेप १६.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७३ करोड पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ३.६२ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ८६ करोड पुगेको छ।
मधेस प्रदेशमन निर्माणाधीन र निर्माण हुने क्रममा रहेको राष्ट्रिय गौरवका आयोजनाहरुमा निजगढ अन्तर्राष्ट्रिय विमान स्थल , पुर्व पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौ तराई मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेस सुंरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन।
उक्त आयोजनाहरु मध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रुपमा तीव्र रहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ९सय २ रहेको छ। यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २३.१० प्रतिशत हो।