काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौं। रवि बोपाराको सुस्त ब्याटिङसँगै दोस्रो जितको खोजीमा रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।

चितवनका रविले सर्वाधिक ६६ रन बनाए। ५५ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। उनीसँग कप्तान कुशल मल्लले ४ विकेटका लागि ४४ रनको साझेदारी गरे।

१८ बलमा १ छक्कासहित उनले २१ रन बनाए। यी दुईबाहेक अन्यले राम्रो साझेदारी गर्न सकेनन्।

सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहोराले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

लुम्बिनीका रुबेन ट्रम्पलमनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए। अविनाश गौतम र गुलाबदिन नाबीको नाममा समान २-२ विकेट रह्यो।