काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषदको बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित परिषद् कार्यालयमा बिहीबार बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सेनाको तैनाथी आवश्यक ठहर गरेको हो। बैठकले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय गरेको परिषद्का सदस्य-सचिव तथा रक्षा-सचिव सुमनराज अर्यालले बताए।
उनका अनुसार निर्वाचनका संवेदनशील केन्द्रहरूमा सुरक्षा सुदृढ गर्न सेना परिचालन आवश्यक देखिएको निष्कर्ष बैठकले निकालेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा-सचिव सुमनराज अर्यालको सहभागिता थियो।
