काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौं। हामी नेपालका संस्थापक सुधन गुरुङले सरकारलाई चेतावनी दिँदै नेपालमा आन्दोलनको ठूलो ज्वालामुखी उठ्न लागेको चेतावनी दिएका छन्।

सिमरा घटनामा गृहमन्त्रीको लाचारी देखिएको भन्दै गुरुङले आफ्नो मौनतालाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्।

आफ्नो सामाजिक सञ्जालमा आज राति द काउन्सिल अफ जेनजीको ब्यानरमा उनले बुधबार जेनजीको शान्तिपूर्ण कार्यक्रममा एमालेका परिचालित गुण्डाहरूले प्रवेश गरी अपमान र कुटपिट गरेको आरोप लगाएका छन्।

सुधनको भनाइ छ- गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र जेन जी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरुलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।

सुदनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका छन् । तर त्यसको बेवास्ता गरेको भन्दै गृहमन्त्री अर्यालविरुद्ध गुरुङ खरो उत्रिँदै आएका छन् ।