काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से झिनो अंकले घटेर बन्द भएको छ। आजको नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा रोकिएको छ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४४०.६५ विन्दुमा पुगेको छ।

आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै ६ कम्पनीका सेयर मूल्य स्थिर रहे। आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेर कारोबार भएको छ।

पसिूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ। अघिल्लो दिन तीन अर्बमा सीमित रहेको कारोबार आज भने चार अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको कारोबार भयो। आज सेयर बजारमा ३२८ कम्पनीका एक करोड चार लाख ४९ हजार २९६ कित्ता सेयर ६६ हजार ७९ पटक खरिद-बिक्री भए। छ।

नेप्सेमा आज चार कम्पनीका मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। आज साहस ऊर्जाको सबैभन्दा बढीको कारोबार भएको छ। यसको ४१ करोड ८० लाख ८३ हजार ४८ रुपैयाँको कारोबार भएको छ। साहसको अन्तिम सेयर मूल्य भने ६७२ रुपैयाँ कायम रह्यो।