काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ।

बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेको केन्द्रिय सचिवालयले जनाएको छ।

बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ।

पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ। यिनै विषय पनि बैठकमा छलफल हुने जनाइएको छ।