काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
फाइल फोटो
अ+
अ-

झापा। जेन जेड प्रदर्शनका क्रममा गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित जंगलको ओडारमा फेला परेका छन्।

आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेर फरार रहेका मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मंगलवार दमक-२ बाट पक्राउ गरेको थियो। लिम्बूकै बयानका आधारमा पाँचथर प्रहरीसँग समन्वय गरी हतियार बरामद गरिएको हो।

बरामद हतियारसँगै इन्सास राइफलको जंगी राउन्ड एक थान र एसएलआरको जंगी राउन्ड तीन थान प्रहरीले बरामद गरेको जनाएको छ। पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको छ।