काठमाडौँ। सिनियर विश्व कराते च्याम्पियनसिपको २७औँ संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको कायरो जाने भएको छ।
२७ देखि ३० नोभेम्बरसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन्।
अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ छन्। तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जानेछन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।