काठमाडौँ। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन्।
गायिका नीतु पौडेलले उनकै स्टुडियोमा जलेर आत्मदाहको प्रयास गरेकी थिइन्। पछि उनको उपचारका क्रममा कीर्तिपुरमा रहेको बर्न अस्पतालमा मृत्यु भएको हो।
पौडेल परिवारले नीतु र बाबुलबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्न अस्वीकार गरेपछि नीतुले आत्महत्या गरेको दाबी गर्दै किटानी जाहेरी दिएका थिए।