काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजका लेफ आर्म मिडियम पेसर बलर रिजन ढकाल कारबाहीमा परेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न लुम्बिनी लायन्सविरुद्धको खेलमा उनलाई लेभल–१ उल्लंघनको कारबाही गरिएको हो। उक्त खेलमा लुम्बिनी ६ विकेटले विजयी भएको थियो।
उनले दुई विकेट लिएका थिए। तर, एलबिडब्ल्यु अपिलमा नट आउट निर्णय आएपछि ढकालले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।
प्रतियोगिताको आचारसंहिताअनुसार यसलाई लेभल–१ को उल्लंघन मानिने गरिन्छ। त्यसैले उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको एनपीएलले जनाएको छ।
ढकालले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन्। उनले चेतावनीसहित एक डिमेरिट पोइन्ट प्राप्त गरेका छन्।