काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ मंसिर २०८२
विवाह पञ्चमीअन्तर्गत फूलबारी लीला। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। त्रेता युगमा भएको भगवान् रामको विवाहको स्मरणमा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज फूलबारी लीला सम्पन्न भएको छ। साताव्यापी महोत्सवअन्तर्गत शुक्रबार साँझ विवाहमण्डपमा फूलबारी लीलाको आयोजना गरिएको थियो।

जनकपुरधामको ऐतिहासिक स्थल विवाहमण्डपमा शुक्रबार साँझ राम-जानकीको झाँकी बनाएर लीला देखाइएको थियो। त्रेता युगमा जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन आएका भगवान् राम, लक्ष्मणसहित गुरु विश्वामित्रको सीतासँग फूल टिपिरहेका बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिँदै आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।

“यहाँ राम, लक्ष्मण र सीताको प्रतीकात्मक रूपमा त्रेता युगमा बगैँचामा फूल टिप्न आएका बेला भेट भएको धार्मिक विश्वास छ। त्रेता युगलाई स्मरणीय बनाउन यसप्रकारको कार्यक्रम गरिएको हो,” महन्थ वैष्णवले भने।

विवाहपञ्चमीअन्तर्गत शनिबार धनुष यज्ञ, आइतबार राम-सीता तिलोत्सव, सोमबार जानकी मटकोर, मंगलबार विवाहपञ्चमी र बुधबार आएका जन्तीहरूको बिदाइ गरी महोत्सव सकिनेछ।