काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन्।
उनले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सिपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको ७५औं वर्षका अवसरमा शुक्रबार आयोजित हीरक महोत्सव समारोहमा पौडेलले भने‚ “देश आज विषम् परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ। त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ।”
उनले लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य भएको पनि बताए। “यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलार्ई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु‚” उनले भने।
उनले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता हो‚” उनले भने।
उनले निर्वाचन सफल बनाउन सबैसँग आग्रहसमेत गरे। “यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलार्ई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु‚” राष्ट्रपति पौडेलले भने।
शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु भएको पनि उनले बताए। “मुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेको पाइन्छ। उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थी विदेशिने क्रम बढ्दो छ, यो यथार्थता मध्यनजर गरी आगामी दिनमा बजारको माग सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु‚” उनले भने।
गुणस्तरीय शिक्षाका लागि महिला सशक्तीकरण भन्ने मूल उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पस गौरवपूर्ण इतिहास भएको नेपालको एक अग्रणी शैक्षिक संस्था र नारी शिक्षाका लागि मुलुककै प्रमुख प्राज्ञिक केन्द्र बन्न सफल हुनु खुसीको विषय भएको उनले बताए।
उनले क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्नका लागि भएको पहलप्रति प्रशन्नता प्रकट गर्दै यसको सफलताको लागि शुभकामना व्यक्त गरे। राष्ट्रपति पौडेलले पछिल्लो शैक्षिक सत्रमा विद्यावारिधि गर्ने विद्या थापा, प्रज्ञा गौतम, भगवती सेढाईं, निरन खनाल र अन्जना पोखरेललाई सम्मान गरेका थिए।