काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ मंसिर २०८२
अ+
अ-

हेटौँडा। सडकमै ट्रक पल्टिएपछि हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज (शनिबार) बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

वीरगन्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना.३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका ८‚ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेका र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो नियमित गराउने पहल भइरहेको उनले बताए।