इस्लामाबाद। पाकिस्तानको पन्जाब प्रान्तको फैसलाबादमा रहेको एक कारखानामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० पुगेको छ।
पाकिस्तानको आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन्।
उनले मलिकपुरको एक कारखानामा बायलर विस्फोट भएको र त्यसबाट धेरै भवन र नजिकैका घरहरूको छाना भत्किएको बताए। उनले धेरै मानिसलाई उद्धार गरिएको तर गहिरो चोटपटक लागेर अस्पतालमा मृत्यु भएको बताए।
कारखाना मलिकपुर नजिकैको शाहब टाउनमा अवस्थित छ। नजिकै एउटा रंगशाला पनि छ। उद्धार अधिकारीहरूका अनुसार दुर्घटनामा नौवटा घरमा क्षति पुगेको बीबीसीमा समाचार छ।