काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। यस्तै रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे। जोहानिस जोनाथन स्मितले २३ रन तथा डी’आर्की सर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलसन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए।

आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन्।