काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अब मुलुकको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने बताएका छन्।
उनले तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेन-जी कार्यकर्तासँगको संवाद कार्यक्रममा शनिबार यस्तो बताएका हुन्। उनले भने‚ “अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ।’
उनले अघिल्लो पुस्ताको कर्तव्य भनेको वैचारिक र सांस्कृतिक दृष्टिकोणबाट युवा पुस्तालाई मार्गदर्शन गर्नु भएको उल्लेख गरे। “नेपालको भविष्यलाई ध्यानमा राख्दै अगाडि बढ्नुपर्नेछ। भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि हामीलाई मिलेर काम गर्नुपर्ने आवश्यकता छ।”

दाहालले आफ्नो र जेन-जी आन्दोलनका मागमा समानता रहेको स्वीकार गरे। “हाम्रो माग र जेन-जीको मागमा समानता छ। विगतमा हामीले जति काम गर्न सक्थ्यौँ, त्यो गर्न नसकेका हौँ‚” उनले भने।
त्यसअवसरमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोटलगायतका विभिन्न जिल्लाका जेन-जीहरु पार्टी प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ। दाहालले पार्टी प्रवेश गरेकाहरुलाई खादा र अबिर लगाएर स्वागतसमेत गरे।
हेर्नुहोस् थप तस्बिर :
