झापा। माछा मार्न गएका गौरादह नगरपालिका ६‚ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ। खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह ६ र गौरीगन्ज गाउँपालिका ६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो।
आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्।