काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

६ मंसिर २०८२
तस्बिर : एएफपी
अ+
अ-

काठमाडौँ। भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ। बाढीमा परेर १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्टमार्फत जानकारी दिएको छ।

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ। ३.२ मिलियनभन्दा बढी कुखुरा तथा गाईवस्तुलाई बगाएको छ।

प्राधिकरणको प्रतिवेदनअनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन् भने अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्।

यसैगरी बाढीले लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) आर्थिक क्षति गरेको अनुमान छ।

-चाइना डेली